०४ साउन २०८३, सोमबार

जनकपुरबाट छुटेको बस अयोध्या पुग्यो, मुख्मन्त्री योगीले गरे स्वागत

बैशाख २९, २०७५
जनकपुरबाट छुटेको बस अयोध्या पुग्यो, मुख्मन्त्री योगीले गरे स्वागत

जनकपुर, २९ वैशाख–जनकपुरबाट अयोध्याका लागि छुटेको बसलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा जनकपुरबाट अयोध्याकालागि हरियो झन्डा देखाएर बस सेवाको शुभारम्भ गरेका थिए । 

३४ यात्रु लिएर जनकपुर अयोध्या मैत्री बसलाई स्वागत गर्दै मुख्यमन्त्री यागी आदित्यनाथले जनकपुर अयोध्या बसले दुई देशबीचलाई सांस्कृतिक रुपमा जोडेको बताएका छन् । 
वर्षदेखि जोडिएको अयोध्या र जनकपुरको सम्बन्ध अझ प्रगाढ बनाउन बस सेवा सफल हुने योगीले बताएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्