२६ असार २०८३, शुक्रबार

शौचालयमा लडेर गम्भीर घाइते भए प्रदेश सभामुख, हेलिकप्टरमा काठमाडौं लगियो

बैशाख २९, २०७५
शौचालयमा लडेर गम्भीर घाइते भए प्रदेश सभामुख, हेलिकप्टरमा काठमाडौं लगियो

पोखरा, २९ वैशाख- आफ्नै निवासको शौचालयमा लडेर गम्भीर घाइते भएपछि प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारीलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

निवासको शौचालयमा लडेर टाउकोमा गम्भीर चोट लागेपछि सभामुख अधिकारीलाई मणिपाल अस्पताल पोखरामा सामान्य उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट शनिबार बिहान काठमाडौं लगिएको हो ।

सभामुख अधिकारीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पताल भैँसेपाटीमा उपचार भइरहेको उनका स्वकीय सचिव लोकराज आचार्यले जानकारी दिए । 

आचार्यका अनुसार सभामुख अधिकारीको टाउकोमा रगत जमेको देखिएपछि अस्पतालको सघन उपचार कक्ष (आईसीयु) मा उपचार भइरहेकोछ । 

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बालगोपाल शर्माको नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको बताउँदै स्वकीय सचिव आचार्यले भने, 'उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेकोछ ।' 

शुक्रबार दिउँसो ४ बजे लडेर घाइते भएका सभामुख अधिकारीलाई उपचारका लागि तत्काल पोखरास्थित फेवासिटी र मेट्रोसिटी अस्पताल हुँदै मणिपाल शिक्षाण अस्पतालमा भर्ना गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्