०४ असार २०८३, बिहीबार

बुशलाई जुत्ता हान्ने पत्रकार इराकी चुनावमा उठे

बैशाख ३०, २०७५
बुशलाई जुत्ता हान्ने पत्रकार इराकी चुनावमा उठे

काठमाडौं, ३० वैशाख – इराकमा इस्लामिक स्टेटको अन्त्य भएपछि पहिलोपल्ट शनिवार संसदीय निर्वाचन भएको छ । त्यसमा उठेका एक उम्मेदवार संसारभरि प्रसिद्ध छन् । 

उनी मुन्तजिर अल–जैदी हुन् । मुन्तजिरले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशमाथि सन् २००८ मा जुत्ता प्रहार गरेका थिए । 

बुश २००८ को एक पत्रकार सम्मेलनमा अमेरिकी आक्रमणको सफलताको बयान गर्दै खुशी व्यक्त गरिरहेका थिए । अमेरिकी आक्रमणका कारण आफ्नो देश तहसनहस भएको आक्रोशका कारण मुन्तजिरले बुशलाई जुत्ता हानेका थिए । 

उनी मोक्तदा अल शद्रको पार्टीबाट चुनाव लडेका हुन् । इराक युद्धको समयमा शद्रको संगठनका सदस्यहरूले अमेरिकी सैनिकहरूसँग हिंसक झडप गरेका थिए । अहिले यो पार्टी आफूलाई सैन्य सम्प्रदायवादको विरुद्ध मान्छ । 

जुत्ता फ्याँकेकोमा मुन्तजिरलाई एक वर्षको कारावास सजाय भएको थियो । जेलमा राम्रो व्यवहार देखाएका कारण उनलाई समयअगावै मुक्त गरिएको थियो । 

सोमवार यस चुनावको सबै नतिजा आइसक्ने अनुमान छ । मुन्तजिरले जित्छन् जित्दैनन् भन्ने कुरा त्यतिखेरसम्ममा खुलिसक्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्