०२ असार २०८३, मंगलबार

स्याफ्रु–रसुवागढी राजमार्ग बन्द

बैशाख ३०, २०७५
स्याफ्रु–रसुवागढी राजमार्ग बन्द

रसुवा, ३० वैशाख - सुक्खा पहिरोका कारण केहीबेर अगाडि स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग बन्द भएको छ । 

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीस्थित स्वास्थ्य चौकी नजिकको सडकमा पहिरो जाँदा नेपाल–चीनबीचको यो व्यापारिक मार्ग बन्द भएको हो । 

प्रजिअ कृष्ण पौडेलको नेतृत्वमा अहिले जिल्लास्तरीय टोलीले सडक खुलाउने प्रयास जारी राखेको प्रहरी प्रमुख थापा क्षेत्रीले बताउनुभयो । 

साँघुरो सडक क्षेत्रमा ट्राफिक समस्या बढ्ने भएकाले केरुङबाट मालवस्तु लिएर आएका ट्रकलाई टिमुरेमा र मालवस्तु लिन केरुङ जाने सवारीसाधनलाई बेत्रावतीमा रोकी राखिएको छ । 

केहीबेर अगाडि सुक्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्