
काठमाडौं, ३१ बैशाख -मुलुकले स्थानीय तह निर्वाचनमार्फत स्थानीय सरकार पाएको सोमबार (आज) एक वर्ष पुगेकोे छ । स्थानीय तह निर्वाचन हुँदै संघीय संरचनाको अभ्यासमा मुलुक प्रवेश गर्दा छाएको जनताको उत्साह घटेको छ । दलहरूले भने जनतासँग गरेका वाचा भुलेका छन् ।
स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभासम्मको निर्वाचन एकै वर्ष सम्पन्न भएपछि दलहरूले घोषणापत्र र चुनावी नारा बिर्सिएका छन् । स्मार्ट सिटीदेखि मेट्रो रेल सञ्चालनसम्मका प्रतिबद्धता घोषणापत्रको कागजबाट स्थानान्तरण भएर प्रक्रियाका चरणमा प्रवेश गरेका छैनन्, राजधानी दैनिकमा खबर छ ।