काठमाडौं, ३१ वैशाख – कुनै समयका परम मित्र पाकिस्तान र अमेरिकाबीच अहिले तिक्त सम्बन्ध बनेको छ । दुवै देशबीच उब्जिएको कूटनीतिक विवाद बढ्ने क्रममा पाकिस्तानले अमेरिकी राजदूतलाई लगभग बन्धक बनाएको छ ।
पाकिस्तानले पहिला त राजदूतलाई अमेरिकी सैन्य विमानबाट स्वदेश फर्किन दिएन अनि अहिले उनलाई दूतावासमा एकान्तमा राखिएको छ । दूतावासमा दुवैतर्फ ताल्चा मारिएको छ ।
यसै हप्ता अमेरिकाले राजदूत कर्नल जोसेफ इम्मानुएल हललाई देश फिर्ता बोलाउनका लागि विमान पठाएको थियो तर इस्लामाबादले उनलाई जान दिएन । हलले अप्रिल ७ मा ट्राफिक लाइट क्रस गरेको र उसको एसयूभीसँग
ठोक्किएर मोटरसाइकलमा चढेका पाकिस्तानी नागरिकको मृत्यु भयो ।
हालको परिचयपत्र जाँच्दा उनी राजदूत भएको पत्ता लाग्यो । राजदूतलाई धेरै कुरामा छुट हुन्छ । अहिले यो मुद्दा स्थानीय अदालतमा चलिरहेको छ तर पाकिस्तान यो मामिलालाई त्यत्तिकै छोड्ने मूडमा छैन । वाशिङटनले राजदूतलाई
प्राप्त सहुलियत फिर्ता नलिएपनि कम्तीमा उनलाई देश फर्केपछि मुद्दा चलाइयोस् भन्ने इस्लामाबाद चाहन्छ ।
तर कट्टरपन्थी पाकिस्तानीहरू यो मुद्दा इस्लामाबादमै चलाउनुपर्ने जोड दिइरहेका छन् । शनिवार ट्रम्प र पाकिस्तानी प्रशासनका बीचमा यो विषयमा सहमति बनेर राजदूतलाई निकाल्नका लागि सी–१३० सैन्य विमान अफगानिस्तानको
बगराम एयरफोर्स बेसले रावलपिण्डीको नूर खान एयरबेसमा उता–यो ।
तर यसको जानकारी पाकिस्तानी मिडियामा लीक भयो र देशभरि फैलियो । कर्नल हल अमेरिकी दूतावासका आठ अन्य मानिसका साथ एयरबेस पुगे तर उनलाई विमानमा बस्न दिइएन । कागजात हेर्ने अधिकारीहरूले उनको नाम
देखेपछि उच्च अधिकारीलाई फोन गरे अनि उनलाई उड्न दिइएन । विमान फेरि बगरामतिर फर्काइयो ।
दुवै पक्षले यस विषयमा कुनै पनि टिप्पणी गर्न मानेका छैनन् ।
यसको एक दिनअघि इस्लामाबाद उच्च अदालतले मृतक अतीक बेगका पिताको निवेदन खारेज गरिदिएको थियो । निवेदनमा कूटनीतिज्ञलाई एग्जिट कन्ट्रोल लिस्टमा राख्ने निर्देशन दिन सरकारलाई लगाइनुपर्ने माग गरिएको थियो ।
मिडियामा सार्वजनिक कर्नल हलको परिचयपत्र हेर्दा त्यसको म्याद ३१ मे २०१८ सम्म मात्र रहेको देदिन्छ । उनलाई ३१ मेसम्म पाकिस्तानमा नै राख्ने कोशिश गरिँदैछ ।
एजेन्सी