०३ असार २०८३, बुधबार

अमेरिकाले उत्तर कोरियालाई आर्थिक सहयोग गर्ने

बैशाख ३१, २०७५
अमेरिकाले उत्तर कोरियालाई आर्थिक सहयोग गर्ने

काठमाडौं, ३१ वैशाख – अमेरिकाका शीर्ष कूटनीतिज्ञले उत्तर कोरियाका नेता किम जोङ–उनले कोरियाली प्रायद्वीपलाई पूर्णरूपमा आणविक हतियारबाट मुक्त गरेमा अमेरिका र उसका अन्तर्राष्ट्रिय साझेदारहरूले आर्थिक सहयोग गर्ने बताएका छन् । 

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओ हालै उत्तर कोरियाको यात्राबाट फर्किएका छन् । 

उत्तर कोरियाली नेतासँगको आफ्नो वार्ता राम्रो भएको उनले बताए । अमेरिकाको परराष्ट्र मन्त्रालयको फगी बटम मुख्यालयमा संवाददाताहरूसँग कुरा गर्दै पम्पिओले भने, ‘राष्ट्रपति डोनल्ड ट्रम्प र विश्वले सिंगापुरमा हुने दुवै नेताको
बैठकबाट सफल परिणाम प्राप्त गर्नका लागि शर्त तयार गरेका छन् ।’

किमको व्यक्तित्वका बारेमा प्रश्न गरिँदा पम्पिओले भने, ‘तपाईं किमसँगको भेटघाटका बारेमा सोध्नुस् । यो प्रश्न अमर्यादित छ । हामीहरूबीच राम्रो कुराकानी भयो जसमा जटिल समस्याहरूको चर्चा पनि चल्यो । अमेरिकाले आफ्नो
प्रयास सफल होस् र उत्तर कोरिया कसैका लागि पनि खतरा नबनोस् भनी सुनिश्चित गर्न चाहेको छ ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्