
काठमाडौं ३१ वैशाख– नेपाली कांग्रेसका सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको बिषयमा भनाइ राखिरहँदा नेकपा एमालेका सांसदले नियमापत्ति गरेका छन् ।
प्रधानमन्त्रीले संसदमा मोदी भ्रमणका विषयमा जनाकारी गराएको विषय नेपाली कांग्रेसका सांसदअमरेश कुमार सिंहले बंगाउन खोजेको भन्दै खतिवडाले नियमापत्ति गरेका हुन् ।
‘राष्ट्रियता, स्वभिामान र स्वतन्त्रताको बिषय संसदमा बहस हुँदेन’ खतिवडाले भने । अमरेशले अरुण तेस्रो शिलन्यासमा विमागिय मन्त्रीलाई छुटाइएको आरोप लगाएका थिए । उनले प्रधानमन्त्री ओलीले बैककमा को संग भेटेको थिए भन्दै प्रश्न गरेका थिए ।