३१ जेठ २०८३, आइतबार

पेरिस आक्रमणकारीका बारेमा भयो यस्तो खुलासा

बैशाख ३१, २०७५
पेरिस आक्रमणकारीका बारेमा भयो यस्तो खुलासा

काठमाडौं, ३१ वैशाख – पेरिसमा चक्कु आक्रमण गरेर एक व्यक्तिको ज्यान लिने र चार अन्यलाई घाइते बनाउने मानिसको बारेमा आश्चर्यजनक खुलासा भएको छ । उक्त व्यक्ति प्रतिआतंकवाद निगरानी सूचीमा भएको बताइएको छ ।

जाँचमा जोडिएका निकटवर्ती सूत्रहरूले यो जानकारी दिएका हुन् । 

सूत्रका अनुसार, कट्टरपन्थी दृष्टिकोण राख्ने भनी सन्देह गरिएका व्यक्तिको सूचीमा ती मानिस थिए । उनी सुरक्षा जोखिमका रूपमा रहेका थिए । तर उनको कुनै आपराधिक पृष्ठभूमि भने थिएन । उनको जन्म सन् १९९७ मा चेचेन्यामा भएको थियो । 

यो आक्रमणपछि प्रहरीले गोली हानेर उनको हत्या गरिदियो । पेरिसमा मुख्य ओपेरा हाउसनजिक क्षेत्रमा यो आक्रमण भएको थियो । त्यहाँ अनेक थिएटर र रेस्टुराँ छन् । 

प्रत्यक्षदर्शीहरूका अनुुसार, उनीहरूले एक व्यक्तिलाई अल्लाहु अकबर नारा लगाउँदै गरेको देखे र मानिसहरू घटनास्थलबाट भागेको पनि देखे । 

आक्रमणकारीका आमाबुवालाई नियन्त्रणमा लिइएको छ । कट्टरपन्थी भएको आशंका गरिएका मानिसलाई निगरानीमा राखिएको छ । तीमध्ये खतरनाक धार्मिक उग्रवादी तथा वाम र दक्षिण चरमपन्थी पनि छन् ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्