०२ साउन २०८३, शनिबार

कैलालीमा हावाहुरीको बितण्डा : बिजुलीका पोल ढले, घर-घरमा क्षति

बैशाख ३१, २०७५
कैलालीमा हावाहुरीको बितण्डा : बिजुलीका पोल ढले, घर-घरमा क्षति

धनगढी, ३१ वैशाख-गतराति आएको भीषण आँधीहुरीले कैलाली जिल्लामा ठूलो जनजनको क्षति भएको छ ।

जिल्ला प्रहरी प्रहरी कार्यालय कैलालीले दिउँसो दुई बजेसम्म अद्यावधिक गरेको क्षति विवरणअनुसार एक जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । राति साढे नौ बजे आएको हावाहुरीले गौरीगंगा नगरपालिका–१ की ५६ सारुमणी बुढाको मृत्यु भएको छ । घरको धुरी खस्दा बुढाको घरभित्रै मृत्यु भएको स्थानीयले बताएका छन् ।

कैलारी गाँउपालिका–४ हसुलियामा ईटा लागेर ४० वर्षिया शोभा चौधरी र ४१ वर्षिया बेदनिया चौधरी घाइते भएका छन् । उनीहरुको उपचार सेती अञ्चल अस्पतालमा भैरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक ईश्वरीदत्त पाण्डेले जानकारी दिए ।

त्यस्तै, जिल्लाको विभिन्न स्थानमा २५० वटा कच्ची घर, ८ वटा विद्यालय, २ वटा एफएमको टावरमा क्षति पुगेको जनाइएको छ ।

प्रहरी निरिक्षक पाण्डेका अनुसार चुरे गाउँपालिका क्षेत्रमा २१ वटा कच्ची घर, ४ विद्यालयमा क्षति पुगेको छ । साविक मालाखेती गाविस क्षेत्रमा २० वटा कच्ची घर, ३ विद्यालयमा क्षति पुगेको छ । टीकापुर नगरपालिका क्षेत्रको ५ वटा कच्ची घर, भजनी नगरपालिका क्षेत्रको १ विद्यालय र १ वटा कच्ची घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सडकपुर, मोहन्याल क्षेत्रमा १ सय वटा कच्ची घर, बर्दगोरिया क्षेत्रमा १ कच्ची घर, मसुरिया क्षेत्रमा १३ वटा कच्ची घरमा क्षति पुग्नुको साथै १ वटा चौपाया मरेको जनाइएको छ । भने, जिल्लाको कैलारी गाउँपालिका क्षेत्रमा ९० वटा कच्ची घरमा क्षति पुगेको प्रहरीले जनायो ।

हावाहुरीकै कारण धनगढीस्थित धनगढी एफएमको टावर र एन्टेनामा क्षति हुँदा प्रशारण अवरुद्ध भएको छ । भने धनगढी क्याम्पस रोडस्थित बन्द अवस्थामा रहेको जनआवाज एफएफमको टावर समेत ढलेको छ । धनगढीको विशालनगर र त्रिनगरस्थित दुर्ई वटा बोइलर फर्ममा समेत क्षति पुगेको छ ।

आईतवार राति नै गोदावरी नगरपालिका–१ भालुखोलाका भुवन शाहको घर आगलागी हुँदा जलेर पूर्ण रुपमा क्षति भएको छ ।

हावाहुरीले जिल्लाका ठाउँमा बिजुलीका पोलहरु ढलेका छन् । जुन कारण आइतबार रातिदेखि हालसम्म (सोमबार) विद्युत अवरुद्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्