१३ असार २०८३, शनिबार

औषधि व्यवस्था विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैशाख ३१, २०७५
औषधि व्यवस्था विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, ३१ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग नेपालगञ्जमा कार्यरत फार्मेसी अधिकृत तपेन्द्र भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार स्वास्थ्य क्लिनिक सञ्चालन एवं मेडिकल स्टोर दर्ता प्रक्रिया सहज बनाइदिने बहानामा सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोग लागेको छ । 

आरोपी भट्टराईविरुद्ध हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ । यस्तै आयोगले मेचीनगर नगरपालिका कार्यालय, कृषि विकास शाखा, चारआली, झापाका कृषि प्रसार अधिकृत शिवशंकर कुसियैतविरुद्ध पनि विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । 

कृषि प्रसार अधिकृतमाथि साना सिँचाइ निर्माण तथा मर्मत आयोजनाका लागि अनुदान रकमको चेक निकासा गर्दा रु ६ हजार घुस मागेको अभियोग लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्