१६ असार २०८३, मंगलबार

छोरी पाएको निहुँमा घरनिकाला, १३ वर्षिया आमालाई थप  उपचारका लागि काठमाडौँ लगियो

बैशाख ३१, २०७५
छोरी पाएको निहुँमा घरनिकाला, १३ वर्षिया आमालाई थप  उपचारका लागि काठमाडौँ लगियो

विराटनगर, ३१ बैशाख -जिल्ला अस्पताल इनरुवामा  केहिदिन यता उपचारत एक १३ वर्षिया आमालाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ। छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै सिरहाको गोलबजारमा रहेको घरबाट लखेटिएकी इनरुवाकी ममता मरिकलाई थप उपचारका लागि काठमाडौं लगिएको जिल्ला अस्पताल इनरुवा सुनसरीले जनाएको छ । 

सानै उमेरमा बालबिबाह गरेकी ममता सिरहा गोलबजारका प्रकाश मरिककी श्रीमती हुन् । प्रकाशका जेठी श्रीमती र दुई छोराछोरी हुँदाहुँदै अभिभावकले ममताको बालबिवाह गरेका थिए । श्रीमानवाट घरेलु हिंसाको सिकार भई नवजात शिशु सहित इनरुवा अस्पतालमा निःशुल्क उपचाररत ममतालाई विभिन्न अधिकारकर्मीको सक्रियतामा  थप उपचारका लागि काठमाडौँ पठाएका हुन्। 

ममतालाई सोमबार दिउँसोको फ्लाइटमा ललितपुरमा रहेको पोषण तथा स्याहार केन्द्रको जम्मा लगाईएको जनाइएको छ । संस्थाले कुपोषित बच्चा र आमाको निशुल्क उपचार सहित खानपानको व्यवस्था गर्ने  बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्