२४ जेठ २०८३, आइतबार

एकअर्कामाथि आरोप थोपरेर पार्टी बलियो हुँदैनः डा महत

बैशाख ३१, २०७५
एकअर्कामाथि आरोप थोपरेर पार्टी बलियो हुँदैनः डा महत

नेपालगन्ज, ३१ बैशाख - नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको संगठनलाई अब नयाँ ढंगबाट परिचालन गर्नुपर्ने बताउनुभएको छ । 

आज यहाँ आयोजित काँग्रेस बाँके जिल्लास्तरीय कायकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सबैखाले वैमनश्यता पखालेर पार्टीका नेता, कार्यकर्ता जनताको काममा जुटनुपर्दछ भन्नुभयो । 

“विगतमा के भयो त्यसको विवाद झिकेर, एकले अर्कामाथि आरोप थोपरेर पार्टी बलियो हुँदैन, एकता नै बल हो भन्ने भावनाबाट हामी सबै पार्टी संगठन विस्तारमा लाग्नुपर्छ”– सहमहामन्त्री डा महतले भन्नुभयो । 

जिल्ला कार्यसमिति सदस्य हेमन्त कर्माचार्यले कार्यकर्तालाई नेताहरुले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न नहुनेमा जोड दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्