काठमाडौँ, १ जेठ-तथ्यांकअनुसार चालू खर्च सन्तोषजनक अवस्थामा छ । तर, पुँजीगततर्फ भने आगामी दुई महिनामा ६० प्रतिशत रकम खर्च गर्नुपर्ने अवस्था छ । त्यसकारण चालू आवमा पनि असारे विकास मोडल नै दोहोरिनेछ । नेपालमा बजेट सक्नका लागि जेठ र असारमा धमाधम काम हुँदा कामको गुणस्तर र प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ, नयाँ पत्रिका दैनिकमा विस्तृत खबर छापिएको छ ।