
काठमाडौं, १ जेठ–माओवादी अध्यक्ष प्रचण्डका नाति एवं स्वर्गीय प्रकाश दाहाल र बहालवाला खानेपानी मन्त्री विना मगरका छोरा प्रणव दाहाल मंगलबार ४ वर्ष पुगेर ५ वर्ष लागेका छन् ।
गत वर्ष प्रकाशको निधन भएपछि शोकमा रहेको प्रचण्ड परिवारले मंगलबार खुमलटारमा प्रणवको जन्मोत्सव मनाएको छ ।
प्रणवका पिता प्रकाश दाहालको गत मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो । प्रणवको जन्मोत्सवको तस्वीर प्रचण्डपुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले फेसबुकमा सार्वजनिक गरेकी हुन् ।
अस्वस्थ रहेकी प्रचण्डपत्नी सीताले हँसिलो चेहरामा नाति उचालेको तस्वीरमा देख्न सकिन्छ । सीताले केहीसमय पहिले दिल्लीमा स्वास्थ्य उपचार गराएकी थिइन् ।
प्रणवलाई प्रचण्ड परिवारको राजनीतिक उत्तराधिकारीको रूपमा समेत व्याख्या गर्ने गरिन्छ ।
प्रकाशको अर्की पत्नीतर्फबाट छोरा प्रसिद्ध पनि छन् ।