
काठमाडौं, १ जेठ - अमेरिकी सरकारले इलेक्ट्रोनिक डाइभर्सिटी भिषा (ईडीभी) - २०१९ को नतिजा सार्वजनिक गरेको छ ।
नतिजा नेपाली समयअनुसार आज राति पौने १० बजे नतिजा सार्वजनिक भएको हो ।
आफूलाई डिभी परे/नपरेको थाहा पाउन अमेरिकी सरकारको आधिकारीक वेवसाइटमा गएर हेर्न सकिन्छ । नतिजा हेर्नका लागि डीभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्म मिति उल्लेख गर्नुपर्ने हुन्छ ।
अमेरिकी दुतावासले आफूलाई डिभी परे-नपरेको हेर्ने एकमात्र उपाय वेबसाइटमा कन्फर्मेसन नम्बर हालेर जाँच गर्ने नै भएको जनाएको छ ।
डिभिसम्बन्धी हुने विभिन्न गलत हल्लाबाट सावधान हुन पनि दूताबासले आग्रह गरेको छ ।