२४ जेठ २०८३, आइतबार

नगर प्रमुखमाथि विप्लव समूहले आक्रमण गरेको खुलासा,  मुख्य योजनाकार समातिए

नगर प्रमुखमाथि विप्लव समूहले आक्रमण गरेको खुलासा,  मुख्य योजनाकार समातिए

भक्तपुर, १ जेठ - मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले आज पक्राउ गरेको छ । 

मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार बोगटी पक्राउ परेका हुन् । 

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कालीकोट रुप्सा–५ घर भई हाल भक्तपुर सल्लाघारीमा बस्दै आएका वर्ष ३० का बोगटीलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए  । 

नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी बोगटीसँगै प्रहरीले दुई थान मोटरसाइकल, पाँच थान मोबाइल, १३ थान सिमकार्ड, पार्टीका विभिन्न पर्चा, पम्प्लेट तथा चन्दा रसिद बरामद गरेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्