
सुर्खेत, २ जेठ– मकालु एयरको ९एन१ एजेयु कल साइनको कार्गो विमान बाजुरामा ‘फोर्स ल्यान्डिङ’ गराइएको छ ।
विमानमा समस्या आएपछि पाइलटले हिलाचौर भन्ने स्थानको बगरमा ‘फोर्स ल्यान्डिङ’ गराएको विमानस्थल स्रोतले जनाएको छ ।
बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत एयरपोर्टबाट हुम्लाको लागि विमान उडेको थियो ।
११७० किलो सामान बोकेको विमान पाइलट किरण भट्टराईले उडाएका थिए ।
उनी र को–पाइलट आदीत्य नेपाली सकुशल रहेको बताइएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगेर उद्दारकार्य सुरु गरेको छ ।