१२ असार २०८३, शुक्रबार

सिंगल इन्जिनको जहाज चलाउन रोक लगाउन सांसदहरूको माग

सिंगल इन्जिनको जहाज चलाउन रोक लगाउन सांसदहरूको माग

काठमाडौं २ जेठ– एकल इन्जिन भएको विमान दुर्घटनाको जोखिम बढी हुने भन्दै त्यसको उडान रोक्न संसदमा आवाज उठेको छ । 

प्रतिनिधि सभाको बुधवारको बैठकको विशेष समयमा नेपाली कांगेसका सांसद दीलेन्द्र बडूले सिंगल इन्जिनका विमान चलाउन रोक्नु पर्ने बताएका हुन् । 

‘आज विहान मकालु एयरको विमान दुर्घटना भयो, केही समय पहिले पनि मकालुको विमान दुर्घटना भएको थियो’ बडूले भने, ‘यस्ता दुर्घटना पटक पटक हुनु गम्भीर हो । सिंगल इन्जिन भएका विमान चलाउन नहुने हो कि ? रोक्नु पर्ने हो कि ? सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

कर्णाली लगायत उच्च पहाडी क्षेत्रमा सिंगल इन्जिन विमान चल्ने गरेका छन् । नेता वडूले गएको फागुन २८ गते युएस बंगला एयरको दुर्घटनामा मृत्यु भएका नेपालीले क्षतीपूर्ति नपाएको विषयमा पनिसरकारको ध्यानाकर्षण गराए । 

‘युएर बंगला एरका यात्रुहरुप्रति विभेद भएको छ । विदेशी यात्रुले १ लाख ५० हजार हडर क्षतिपूर्ति पाउँदा नेपाली यात्रुले २० हजार डलर मात्र किन ?’ उनले प्रश्न गरे । 

विशेष समयमा सांसदहरुले हावा हुरीका कारण देशका विभिन्न स्थानमा किशानको बालीनालीमा क्षती पुगेको भन्दै क्षतिपुर्ती दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्