
काठमाडौं २ जेठ– कार्यालय समयमा सरकारी कर्मचारीले सेवाग्राहीका काम छाडेर सामाजिक सञ्जालमा झुण्डिने गरेको भन्दै एक सांसदले कार्यालय समयमा सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधवार बसेको बैठकको विशेष समयमा नेकपा एमालेका सांसद झपटबहादुर रावलले कार्यालय समयमा सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउनु पर्ने बताएका हुन् । ‘म धेरै ठाउँमा गए, नेपाल सरकारका कर्मचारीहरु गेट वे अनुमति बेगर सेवाग्राहीहरु लाइनमा बसिरहेको समयमा पनि उनीहरुको वेवास्था गरेर सामाजिक सञ्जालमा झुण्डिएको पाएको छु, प्रत्यक्ष भोगेको छु उनले भने, ‘कार्यालय समयमा सामाजिक सञ्जालमा पूर्ण रुपमा नियन्त्रण गरियोस भन्ने जोडदार माग गर्दछु ।’
एनजिओले सामाजिक सद्भाव खल्बलाउन लागे
रावलले एनजिओ आइएनजीओ सामाजिक सद्भाव खल्वलएको आरोप लगाए । ‘एनजीओ आइएनजीओहरु राज्यको नियन्त्रण बाहिर गएर अराजकता निम्ताइरहेका छन् । यसलाई तत्काल अनुगमन र नियमन गरोस । यसो नगरे लामो समयदेखि बसिरहेका बहुभाषीलाई हार्दिकता र आत्मीयता समाप्त हुन्छ’ उनले भने ।
रावलले मुलुकलाई मदिरामुक्त समाज बनाउन सरकारसँग माग गरे । ‘किशानका छोरा गाउँको गाइँ भैसीको दूध बेच्न जान्छ र रक्सीसँग साटिरहेको छ, यसलाई रोक्नु पर्छ’ उनले भने ।