०१ असार २०८३, सोमबार

जहाज खसेपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीले भने– दुर्घटना न्यूनीकरण गर्न पहल गर्छु

जहाज खसेपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीले भने– दुर्घटना न्यूनीकरण गर्न पहल गर्छु

काठमाडौं– सुर्खेतबाट हुम्ला जाँदै गर्दा आज विहान भएको मकालु एअरको विमान दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् ।

शाहीले मृतकद्वय चालक किरण भट्टराई र सह–चालक आदित्य नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

शाहीले एकातिर भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको र अर्कोतिर हवाई दुर्घटनाहरु बढ्दै गएकोप्रति गम्भीर चिन्ता गरेको उनको सचिवालयले जारी गरेको शोक सन्देशमा उल्लेख छ ।

उनले कर्णाली प्रदेशमा हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्वन्धित निकायहरुस“ग आवश्यक समन्वय गरी दुर्घटना न्युनिकरणको पहल गर्ने प्रतिवद्धता समेत गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्