२८ असार २०८३, आइतबार

ऋषि कट्टेल भन्छन्, ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम दिदैनौं !

ऋषि कट्टेल भन्छन्, ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम दिदैनौं !

काठमाडौं २ जेठ– नेकपा एमाले र माओवादी केन्द्रले एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्न चाहेपनि नाम जुधेपछि दुई दललाई अप्ठेरो परेको छ ।

नेकपा नामको पार्टी निर्वाचन आयोगमा अस्थित्वमा छ । दुई दलले एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने निर्णय गरेका थिए ।

नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफूहरुको नाम एमाले माओवादीलाई नदने बताए । ‘संविधानको व्यबस्था अनुसार हामी निर्वाचन आयोगमा विधिवत दर्ता गरेका छौं, चुनावमा लडेका छौं’ कट्टेलले भने, ‘हामीले उनीलाई नाम दिदैनौं । उनीहरुसँग हाम्रो वैचारिक कुरै मिल्दैन ।’

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी दर्ता गर्न नमानेमा पार्टीको नामको पछाडि कुनै विशेषण झण्डाउने दुई दलको तयारी छ । नामको अगाडि ‘एकीकृत’ राख्ने सम्भावना रहेको माओवादीका एक नेताले बताए । 

‘निर्वाचन आयोगले नेकपा नाम दर्ता गर्दैन होला, संविधानले दिएको अधिकार खोस्नेगरी निर्णय भयो भने हामी अदालत जान्छौ’ कट्टेलले लोकान्तरसँग भने ।

नेत्र विक्रम चन्द नेतृत्वको पार्टीले पनि आफ्नो नाम नेकपा राखेको छ । नेकपा एमाले र माओवादीबीच बिहीवार एकीकृत पार्टीको दर्ता गर्ने तयारी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्