
काठमाडौं, २ जेठ– नेकपा माओवादी केन्द्रले एमालेसँग भएको पार्टी एकता गर्नेसम्बन्धी सहमतिलाई अनुमोदन गरेको छ ।
माअोवादी केन्द्रको बुधबार अबेर सम्पन्न केन्द्रीय कार्यालयको बिस्तारित बैठकले पार्टी एकता गर्ने सहमतिलाई अनुमोदन गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार भोलि अपरान्ह पार्टी एकताको घोषणा गर्ने तयारी छ ।
बिहानै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने अन्तिम समझदारी भएको थियो । पार्टीको बैठकमा प्रचण्डले एमालेसँग पार्टी एकता गर्न लागेको र एकीकृत पार्टीमा सम्मानजनक सहभागिता पनि हुन लागेको जानकारी गराएका थिए । प्रचण्डले जानकारी गराएसँगै एकताको स्वागत गर्दै बैठकले सहमतिको ताली पिटेर अनुमोदन गरेको थियो ।