०९ असार २०८३, मंगलबार

एकीकृत स्वास्थ्य नीति बनाइने

जेठ २, २०७५
एकीकृत स्वास्थ्य नीति बनाइने

काठमाडौँ, २ जेठ- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले मानसिक स्वास्थ्य समस्याको उपचारका लागि समस्याको मुख्य कारण पत्ता लगाउन जरुरी रहेको बताउनुभएको छ । 

महिला पुनःस्थापना केन्द्र (¬ओरेक) नेपाल र तरङ्गिनी फाउन्डेसनको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘महिलामुखी दृष्टिकोणबाट मनोविमर्श’ विषयक कार्यक्रममा उहाँले एकीकृत स्वास्थ्य नीति बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

राष्ट्रिय महिला आयोगका सचिव अनिल ठाकुरले हिंसा प्रभावित महिलाका निम्ति मनोसामाजिक विमर्श अति नै आवश्यक रहेकाले हरेक स्थानीय तहले नीतिगत तवरबाट मनोसामाजिक समस्या सम्बोधनका लागि कार्य गर्न शुरु गर्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय मानव अधिकार आयोगका उपनिर्देशक यज्ञप्रसाद अधिकारीले सरकारको कुल बजेटको ०.५ प्रतिशत मात्र बजेट मानसिक स्वास्थ्य क्षेत्रमा रहेको जनाउँदै यसमा परिमार्जन गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । 

काठमाडौँ महानगरपालिका, सामाजिक विकासको विभागीय प्रमुख नुरनिधि न्यौपानेले हरेक स्थानीय तहमा नै मनोसामाजिक विमर्शको डेस्क तयार हुनुपर्ने र यसको लागि बजेट र कार्यक्रम सहितको प्रस्ताव पेश गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा ओरेक नेपालका कोषाध्यक्ष पार्वती बस्नेतले महिलामुखी दृष्टिकोणबाट मनोसामाजिक विमर्शको अवधारणा र मनोसामाजिक विमर्शलाई समुदायस्तरमा संस्थागत गर्न संस्थाले गरेको प्रयासहरुका बारेमा प्रस्तुति गर्नुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्