३१ असार २०८३, बुधबार

लागु औषधसहित हाेटल सञ्चालक पक्राउ

लागु औषधसहित हाेटल सञ्चालक पक्राउ

लहान, ३ जेठ- प्रहरीले सिरहाको लहानबाट गएराति लागुऔषधसहित एक व्यवसायीलाई पक्राउ गरेको छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित विराटनगर बसपार्क नजिक होटल सञ्चालन गर्दै आएका लहान नगरपालिका–३ निवासी ३५ वर्षीय ज्ञानकुमार कामैतलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । 

आफ्नै पसलबाट लागुऔषध बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले कामैतको होटलमा २९२ थान लागुऔषध फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो । 

कामैतको होटलबाट ९८ थान फेनारगन, ३१ थान डाइजेल्याब, नरफिन १९ थान, लुपिजेसिन ८६ थान, नाइट्रोजेपाम ट्याब्लेट ५८ थान, विभिन्न कम्पनीको मोबाइल नौ थान, नक्कली पेस्तोल एक थान, तरबार एक थान र चार हजार ९०० भारु रुपैयाँ बरामद भएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्