
काठमाडौं, ३ जेठ -नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई लक्षित गर्दै ट्वीट गरेका छन् ।
जनयुद्ध गरेकोमा पश्चाताप गर्दै 'मदनपथ' स्वीकारेको हो भन्दै उनले पूर्वसहयात्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।
'नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५औं स्मृति दिवसमा हार्दिक श्रद्धासुमन ! आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै संकेतिक अर्थ ? प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै 'मदनपथ' अंगीकार गरेको स्वीकारोक्ति हो ? प्रष्ट पारियोस्,' बाबुरामले ट्वीटरमा लेखेका छन् ।
नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको२५ औं स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन!आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै संकेतिक अर्थ?प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै 'मदनपथ' अंगीकार गरेको स्वीकारोक्ति हो?प्रष्ट पारियोस्!
— Baburam Bhattarai (@brb1954) May 17, 2018