
काठमाडौं, ३ जेठ– नेकपा एमाले र माओवादी केन्द्रले एकतापछिको पार्टी सञ्चालनका लागि सचिवालय गठन गर्ने भएका छन् ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ९ सदस्यीय सचिवालय गठन हुने जानकारी दिए ।
एकीकृत सचिवालयमा केपी ओली प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल, विष्णु पौडेल नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहने छन् ।
पार्टी एकता संयोजन समितिको बैठकले विष्णु पौडेललाई महासचिव र नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने निर्णय गरेको छ ।
एमाले र माओवादीको एकतापछि ४ सय ४० सदस्यीय नयाँ केन्द्रीय सदस्य, स्थायी समिति ४३ सदस्यीय रहेन निर्णय भएको छ ।
एमाले र माओवादीले निर्वाचन आयोगमा आजै नयाँ दल दर्ता गर्ने जनाएका छन् ।