
काठमाडौं, ३ जेठ–नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक बस्ने तरखरका बीच प्रधानमन्त्री निवास बालुवाटारमा सिंगारपटार गरिएको छ ।
प्रधानमन्त्री निवासबाहिर उत्सव बत्ती जडानको काम भइरहेको छ । पार्टी एकीकरणपछिको पहिलो बैठक त्यहीँ बस्ने भएकाले सिंगारपटार गरिएको हो ।
यसका साथै प्रधानमन्त्री निवासको पार्किङ क्षेत्रमा त्रिपाल टाँस्न लागिएको छ ।
