
काठमाडौ, ३ जेठ- नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज एकिकृत पार्टीका केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । त्यसपछि बसेको बैठकले आठ बुदे प्रस्तावलाई पारित गरेको छ । जसमा चुनाव चिह्न, पार्टीको सम्पत्ति, केन्द्रीय सदस्य लगायका विषय थिए ।
पार्टी बैठकमा प्रस्तावहरु अनुमोदनका लागि पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेश गरेका थिए ।
साविकमा रहेका एमाले र माओवादीको सवै सम्पत्ति तथा दायित्व एकिकृत दल नेपाल कम्युनिष्ट पार्टीमा मा सर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै एकिकरण भएको दल दर्ताको प्रयोजनका लागिसुवास नेम्वाङ र देव गुरुलाई अधिकार प्राप्त व्यक्ति तोक्ने निर्णय बैठकले गरेको छ ।