२२ असार २०८३, सोमबार

आईपीएल : बैंगलोरकाे प्लेअफमा पुग्ने सम्भावना जिवितै

आईपीएल : बैंगलोरकाे प्लेअफमा पुग्ने सम्भावना जिवितै

काठमाडौं, ४ जेठ– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्लेअफ पुग्ने सम्भावना अझै जिवित राखेको छ । सनराइजर्स हैदराबादलाई हराउँदै बैंगलोरले प्लेअफ पुग्ने सम्भावना बनाएको हो । 

बिहीबार हैदारावादलाई १४ रनले हराउँदै बैंगलोर पाँचौं स्थानमा उक्लिको छ । अब ४ टोली मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबको समान १२ अंक छ ।

टस हारेर ब्याटिङ गरेको घरेलु टोली बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १८ रन बनायो । २ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो ।

गएरातिको खेलसँगै प्लेअफमा पुग्ने अब ४ टोली मध्ये एक हुनेछन् । मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान र किङ्स ११ पञ्जाबको समान १२–१२ अंक छ । उनीहरूले समान १३ खेल खेलिसकेका छन् ।

अब सबैले एक खेल खेल्न बाँकी छ । अन्तिम खेलबाट प्लेअफ पुग्ने टोलीको निर्णय हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्