३२ असार २०८३, बिहीबार

बम विष्फोटको घटनामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

जेठ ४, २०७५
बम विष्फोटको घटनामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

विराटनगर, ४ जेठ- विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ । 

मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई विराटनगर–१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको हो । 

उनलाई जिल्ला अदालत मोरङमा बिहीबार पेश गरिएको बताइएको छ । वैशाख ४ गते राति भएको सो विष्फोटको घटनामा यसअघि नै प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्