१७ असार २०८३, बुधबार

केन्द्रीय नेता छान्दै नेकपा, ४० मा पर्न पूर्वएमालेमा दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट

केन्द्रीय नेता छान्दै नेकपा, ४० मा पर्न पूर्वएमालेमा दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट

काठमाडौं, ४ जेठ– नेपाल कम्युनिस्ट पार्टी गठन भएसँगै केन्द्रीय समिति, पोलिटव्यूरोलाई पूर्णता दिन नेताहरु कसरतमा जुटेका छन् । 

जेठ तीन(हिजो) तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भएसँगै गठन भएको नेकपामा केन्द्रीय समिति र पोलिटव्यूरोलाई पूर्णता दिन नेताहरु जुटेका हुन् । 

तत्कालिन एमाले र माओवादीले ४ सय ४१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेका छन् । 

जसमा तत्कालिन एमालेले २ सय ४१ जना केन्द्रीय सदस्य पाएको छ । एमालेले अब ४० जना नयाँ केन्द्रीय सदस्य छान्नुपर्ने छ । उसले आफ्ना यसअघिका स्थायी समितिका सदस्यहरुलाई नै नेकपाको स्थायी समितिमा पठाउने भएकाले त्यसमा समस्या छैन । बाँकी रहेका ४० जना केन्द्रीय सदस्य चयनका लागि तत्कालिन एमाले नेताहरु सक्रिय भएका छन् । थपिने केन्द्रीय सदस्यमा पर्नका लागि नेताहरुले दौडधुप गरिरहेका छन् । 

माओवादीले पनि छान्दै

त्यस्तै तत्कालिन नेकपा माओवादीले २०० सय जना केन्द्रीय सदस्य छान्नु पर्नेछ । त्यस्तै १९ जना स्थायी समिति सदस्यका तत्कालिन माओवादीले  छान्नु पर्ने छ । माओवादीमा यसअघि करीब ४ हजार केन्द्रीय सदस्य रहेका थिए । जसका कारण उसले केन्द्रीय सदस्य तथा स्थायी समितमा नेताहरु चयन गर्नु पर्ने छ ।

यसका लागि तत्कालिन माओवादी नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादीले स्थायी समिति, केन्द्रीय समितिका सदस्यहरुको टुंगो लगाएपछि पोलिटव्यूरोको टुंगो लगाउने तयारी गरेका छन् । 

यसअघि विहिबार नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा बुझाइएको पत्रमा नेकपा एमालेका तर्फबाट  उपलव्ध भएका केन्द्रीय सदस्य र माओवादीका तर्फबाट सचिवालय सदस्यहरुले मात्र हस्ताक्षर गरेका थिए । 

तल्ला कमिटीहरुको एकीकरण

घोषणा सभामा नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले केही समयभित्रैमा तल्ला कमिटि र जनवर्गिय संगठनहरुको एकता गर्ने बताएका थिए । केन्द्रीय कमिटिको आकारका आधारमा तल्ला कमिटिहरु बनाउने प्रस्ताव पार्टी विधान मस्यौदा कार्यदलले गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्