२९ जेठ २०८३, शुक्रबार

आकर्षक नयाँ सुविधा र विशेषतासहित महिन्द्राले ल्यायो स्कोर्पियो स्पोर्ट युटिलिटी गाडी

आकर्षक नयाँ सुविधा र विशेषतासहित महिन्द्राले ल्यायो स्कोर्पियो स्पोर्ट युटिलिटी गाडी

काठमाडौं, ४ वैशाख-महिन्द्रा ग्रुपले स्कोर्पियो गाडीलाई अझ धेरै सुविधा एवं विशेषताले सुसज्जित गरी नेपाली बजारमा ल्याएको छ । यससँगै उच्च टर्ग पावर, नयाँ ५ स्पीड ट्रान्स्मिसन, उच्च कार्य क्षमता, आकर्षक स्टाइलिङ तथा आरामदायी यात्राका लागि उच्च सुविधायुक्त रहेको छ ।

महिन्द्राका यस्ता सुविधाहरूले नेपालका कुनै पनि सडकहरूमा आरामयादी यात्राको अनुभव प्रदान गर्नेछ । नयाँ सुविधाहरू भएको स्कोर्पियो गाडी ४ वटा विभिन्न मोडलमा उपलब्ध छ । नयाँ मोडलहरू S4, S5 (4WD), S7, S11 (4WD) हुन् ।

सो अवसरमा महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेशनल अपरेशन (साउथ एशिया)का भाइस प्रेसिडेन्ट सन्जय जादवले स्कोर्पियोको आन्तरिक क्षमतालाई अझ बढाइएको जानकारी दिए।

सो अवसरमा अग्नि ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले स्पोर्ट युटिलिटि भेइकल एउटा प्रतिकका रुपमा रहने बताए।

थपिएको नयाँपनले लक्जरियस कम्फर्टका साथ सम्पूर्ण रोड तथा अफ रोडहरूमा पहिचान स्थापित हुने उनको दावी छ ।

mHawk इन्जिनले १२० बिएचपी तथा २८० एनएम टर्क पावर प्रदान गर्दछ । यसमा प्रयोग भएको अत्याधुनिक ब्रेकिङ सिस्टमले उच्च गतिमा ब्रेक लगाउँदा पनि असजिलो अनुभव नहुने कम्पनीको दाबी छ ।

टच लेन इन्डिकेटर, अटो विन्डो रोल अपजस्ता सुविधा यसमा छन् । प्रोजेक्टर हेडल्याम्प, जीपीएससहित ६ इन्चको टच स्क्रिन, अटोमेटिक टेम्प्रेचर कन्ट्रोल, ड्युल फ्रन्ट एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टमको सुविधा गाडीमा छ । आफ्नो आवश्यकताअनुसार ७, ८ तथा ९ सिट क्षमतायुक्त गाडी खरिद गर्ने विकल्प यसमा छ ।

salt training

कमेन्ट गर्नुहोस्