
काठमाडौं ४ जेष्ठ –बिहीवार तत्कालीन नेकपा एमाले र माओबादी केन्द्रबीच एकीकरण भएको छ । एकीकरण भएपछि नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको छ ।
दुई पार्टी एकिकरण भएपछि नेकपाको कार्यालय कहाँ हुन्छ भन्ने आम चासो छ ।
एकीकरण भएसगैँ पार्टी कार्यलय कहाँ हुने भन्ने अन्योल नेकपामा छ ।
बुद्धनगरबाट २०६४ सालमा तत्कालीन नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडा सरेको थियो ।
त्यस यता सधै कार्यकर्ताको भीडभाड हुने पेरिसडाँडा एमालेसँगको पार्टी एकतापछि कस्तो अवस्थामा छ ? यसका लागि पेरिसडाँडा जाँदा सुनसान देखियो । एमालेसँग पार्टी एकता भएको भोलिपल्ट अर्थात शुक्रवार(आज) पेरिसडाँडा सुनशान थियो ।

विहान १० बजेको आसपासमा गेटमा सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीका एक जना जवान, एउटा गाडी, कार्यलय सचिव प्रकाश पोखरेल र एक दुईजना कार्यालय सहयोगी भन्दा अरु कोही देखिएनन् ।
पार्टी एकता भएसँगै माओवादी केन्द्रको नाममा रहेको व्यानर हटाउने काम भएको छैन ।
आज पार्टीको आन्तरिक बठक बसेपछि कार्यालय व्यवस्थापन कसरी गर्ने भन्ने कुरा आएपछि हटाइने पुरानो व्यानर हटाउने कार्यलय सचिव प्रकाश पोखरेलले बताए ।
पार्टीको नाम निर्वाचन आयोेगले टुङगो नलगाइसकेकोले के लेखेर व्यानर र होडिङ बोर्ड राख्ने भन्ने अन्योल भएको सचिव पोखरेलले बताए ।

दुई अध्यक्षले अवलोकन गर्दै
नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डले आज अपराह्न पेरिसडाँडामा रहेको पार्टी कार्यालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि उनीहरुले एमालेको पार्टी कार्यालय धुम्बराहीको समेत अवलोकन र आवश्यक निर्देशन दिने कार्यक्रम छ ।
पेरिसडाँडा धुम्बराही भन्दा फराकिलो भएकाले माओवादीको पुरानो कार्यालय रहेको स्थानमा नेकपाको नयाँ कार्यालय बस्नसक्ने अनुमान गरिएको छ ।
