३१ जेठ २०८३, आइतबार

करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

विराटनगर, ४ जेठ-मोरङको मिक्लाजुङ–७ को मधुमल्लामा शुक्रबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । 

पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका अर्जुन राईका १६ वर्षीय छोरा सुनिलको उपचारका क्रममा मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ । 

उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेर कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्