![पेरिसडाँडामा ओलीलाई स्वागत गर्दा जे देखियो [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Perisdanda_Oli_Prachanda_14_jE1VYGaoeo.jpg)
काठमाडौं, ४ जेठ : देशका दुई ठूला कम्युनिस्ट पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि त्यसका अध्यक्षद्वय बिहीवार पहिलोपटक पेरिसडाँडा पुगे । पेरिसडाँडा एकताअघि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय हो ।
आजैबाट पेरिसडाँडामा नेकपाको बोर्ड झुण्ड्याइएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड साँझ एकसाथ पेरिसडाँडा पुग्नुअघि अपराह्न बोर्ड परिवर्तन गरिएको थियो ।
पेरिसडाँडा पुगेपछि ओली र प्रचण्डले शहीदको शालिकमा माल्यार्पण गरेका थिए ।
हेर्नुहोस्, फोटो फिचर :













