०९ असार २०८३, मंगलबार

एसएसपी र डीआइजीमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

जेठ ४, २०७५
एसएसपी र डीआइजीमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, ४ जेठ - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनको नीति र उद्देश्यप्रति गम्भीर भएर जिम्मेवारी पुरा गर्न निर्देशन दिएका छन्  । 

प्रहरी नायब महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका  पदाधिकारीलाई आज प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदान गर्दै उनले  पदोन्नतीसँगै पदीय जिम्मेवारी थपिएकाले सोहीअनुरुप उत्कृष्ट काम गर्न निर्देशन दिए  । 

उनले  कार्यरत स्थानमा कर्मचारीको मनोवल बढाउँदै संगठनको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । महानिरीक्षक खनालले कानुनी रुपमा विभेद नगरी समान न्याय गर्नुपर्ने, अपराधजन्य क्रियाकलाप र तिनमा संलग्न व्यक्तिप्रति कठोर भई निर्भिकताका साथ काम गर्नुपर्ने बताए । 

सो कार्यक्रममा महानिरीक्षक खनालले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नती हुने १६ र प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा हुने २२  प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरे । 

salt training

कमेन्ट गर्नुहोस्