३१ जेठ २०८३, आइतबार

नेकपाको पहिलो दिन टेबुल एक, अध्यक्ष दुई

जेठ ५, २०७५
नेकपाको पहिलो दिन टेबुल एक, अध्यक्ष दुई

 काठमाडौं, ५ जेठ- नेपाल कम्युनिस्ट पार्टी ‘पुनर्गठन’को पहिलो दिन शुक्रबार बधाई ज्ञापन,खुसी साटासाट र कार्यालय घुमफिरमा बितेको छ । ६ बुँदे घोषणापत्र जारी गर्दै ३ जेठमा एकता घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मिलनबाट बनेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहितका नेताले धुमबाराहीस्थित तत्कालीन एमाले पार्टी मुख्यालय र पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयसमेत अवलोकन गरे ।

प्रधानमन्त्री ओली पहिलोपटक पेरिसडाँडा प्रवेश गरे भने दाहाल पनि पहिलोचोटि धुम्बाराही पुगे । नेताहरूले शुक्रबार एकअर्काको पार्टी केन्द्रीय कार्यालय अवलोकन गरेका थिए । दुवै कार्यालयमा एउटा टेबलमा दुई कुर्सी राखेर अध्यक्षद्वयको स्वागत गरिएको थियो, राजधानी दैनिकमा खबर छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्