२८ जेठ २०८३, बिहीबार

बारामा १६ जना नयाँ कुष्ठरोगी भेटिए, एकै परिवारका ५ जना संक्रमित

बारामा १६ जना नयाँ कुष्ठरोगी भेटिए, एकै परिवारका ५ जना संक्रमित

बारा, ५ जेठ- बारामा १६ जना कुष्ठ रोगका नयाँ बिरामी फेला परेका छन् ।  मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय हेटौंडाको आयोजनामा भएको शिविरमा नयाँ कुष्ठरोगी फेला परेका हुन् ।

कुष्ठ रोग नियन्त्रण कार्यक्रमअन्तर्गत कुष्ठ रोग पत्ता लगाउन चर्म रोग तथा अपाङता शिविरको आयोजना भएको थियो ।

जेठ ३ र ४ गते जिल्लाको बेनौली र कुडुवामा सम्पन्न शिविरमा ७ सय ४१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य परीक्षणका क्रममा एकै परिवारका पाँच सदस्यमा कुष्ठ रोग फेला परेको डा. रविन्द्र बास्कोटाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्