
काठमाडौं, ५ जेठ–नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एकदुई दिनमै लगाउने भएको छ ।
तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालयहरू शुक्रबार अवलोकन भइसकेको छ । धूम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय राख्न सकिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।
४ सय ४१ सदस्यीय केन्द्रीय समितिका सदस्यमा नयाँलाई मनोनयन गर्न भने नीति र मापदण्ड बनाइने तथा त्यसको टुङ्गो एक दुई हप्तामा हुने जनाइएको छ ।
पैँतालीस सदस्यीय स्थायी कमिटी हुने नेकपामा पोलिटब्यूरो भने रहने छैन । नौ सदस्यीय सचिवालय भने गठन भइसकेको छ ।