
एक पोर्नस्टारका रूपमा स्थापित परिचय र विगतलाई त्यागेर सन्नी लियोनी अगाडि बढिरहेकी छन् ।
पछिल्लो समय सन्नी आफ्नो जीवनकथामा बनेको फिल्म ‘करणजित कौर– द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’लाई लिएर चर्चामा छिन् । २०१२ मा आएको पूजा भट्टको फिल्म ‘जिम्स–२’ बाट सन्नीले बलिउडमा डेब्यु गरेकी थिइन् । सन्नीबारे केही तथ्य :
सन्नीले पोर्नस्टार बन्नुअघि आफू एक अन्तर्वार्तामार्फत उक्त कुरा परिवारलाई बताएकी थिइन् ।
सन्नीको असली नाम करणजित बोहरा हो । पन्जाबी मूलकी उनी अमेरिका र क्यानडामा हुर्किएकी हुन् ।
सन्नीको नर्स बन्ने सपना थियो । यसका लागि उनले मेडिकल साइन्स पढेकी थिइन् । एक समय उनले करसँग सम्बन्धित कार्यालयमा कामसमेत गरेकी थिइन् ।
सन्नी लियोनी र उनका पति ड्यानियल वेबरकोे बिहे २००९ मा भएको थियो । ड्यानियलले हरेक रूपमा सन्नीलाई हौसला दिँदै आएका छन् ।
सन्नी लियोनी र ड्यानियल तीन बच्चाका आमाबुबा हुन् । अघिल्लो वर्ष उनीहरूले छोरी निशालाई धर्मपुत्रीका रूपमा लिएका थिए भने यस वर्ष सेरेगोसीका माध्यमबाट उनीहरू थप दुई बच्चाका आमाबुबा बनेका छन् ।
सन्नी सामाजिक संस्थामा आबद्ध छिन् । जुन संस्थाले क्यान्सरपीडितदेखि जनावर संरक्षणसम्मका लागि चन्दा संकलन गर्छ ।