
इलाम, ५ जेठ - इलामको माङ्सेबुङ गाउँपालिका– २ स्थित एक घरमा आगलागी हुँदा रु १८ लाखभन्दा बढीको क्षति भएको छ ।
आगलागीबाट स्थानीय धनजित राईको दुई तले घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । घरमा राखिएको नगद रु ५३ हजारसहित अन्नपात, भाँडावर्तन, साउन्ड सिस्टम, खानेपानी संस्थाको पाइपलगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकोे छ ।
सोलारको विद्युत् प्रवाह भई घरमा आगलागी भएको बताइएको छ । प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।