०६ असार २०८३, शनिबार

खप्तडको प्रचारका लागि तीन युवाले शुरु गरे धनगढी–खप्तड साइकल यात्रा

जेठ ५, २०७५
खप्तडको प्रचारका लागि तीन युवाले शुरु गरे धनगढी–खप्तड साइकल यात्रा

धनगढी, ५ जेठ-धर्तीको भू–स्वर्गको नामले चिनिने खप्तडसम्म तीन युवाले साइकल यात्रा शुरु गरेका छन् ।

धनगढी उपमहानगरपालिका–२ का विवेक शर्मा, खगेन्द्र सिंह धामी र गोदावरी नगरपालिका–८ मजगाउँका भरतविक्रम शाहीले शनिवारदेखि धनगढी–खप्तड साइकल यात्रा शुरु गरेका हुन ।

धनगढीदेखि खप्तडसम्मको यो पहिलो साइकल यात्रा हो । उनीहरूलाई एक कार्यक्रमका बीच शनिबार धनगढीबाट विदाइ गरियो ।

धनगढीको ट्राफिक चौराहाबाट शुरु भएको यात्रा राति बुडरमा पुगेपछि उनीहरू बास बस्नेछन् । आइतबार स्याउले, सिलगढी हुँदै ९ गते खप्तड पुग्ने छन् ।

खप्तडको प्रचारप्रसारका लागि साइकल यात्रा शुरु गरेको उनीहरूको भनाइ छ ।

डोटी, बझाङ, अछाम र बाजुरा जिल्लामा फैलिएको खप्तड क्षेत्र १,२६२ देखि ३,२७६ मिटरको उचाइसम्म फैलिएको छ । खप्तड क्षेत्रलाई सरकारले ०४३ असार ९ गते खप्तड राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्