२५ जेठ २०८३, सोमबार

करेन्ट लागेर दुई युवतीको मृत्यु

जेठ ५, २०७५
करेन्ट लागेर दुई युवतीको मृत्यु

बागलुङ, ५ जेठ- काठेखोला गाउँपालिका–६ बिहुँकोटका दुई युवतीको करेन्ट लागेर आज ज्यान गएको छ । 

जंगलबाट स्याउला लिएर घर फर्कने क्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए । हाइटेन्सन लाइनको पोलबाट विद्युत् प्रवाह भई करेन्ट लागेको जनाइएको छ । 

बिहानै जंगल गएका युवती अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा दुवै मृतावस्थामा फेला परेका थिए । 

जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घटनाको मुचुल्का उठाए पनि स्थानीयवासीले मृतकको शव उठाउन दिएका छैनन् । विद्युत् प्राधिकरणको चरम लापरवाहीका कारण घटना भएको उनीहरुको आरोप छ । मृतकका आफन्तले घटनाको जिम्मेवारी लिई प्राधिकरणले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्