
काभ्रे, ६ जेठ - काभ्रेमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ ।
सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरी दिएकाले जग्गामा महिलाको पहुच बढ्दै गएको हो ।
मालपोत कार्यालय काभ्रेको तथ्यांकअनुसार अर्थिक बर्ष ०७२/७३ को तुलनामा आव ०७३/७४ मा जग्गामा महिलाको स्वामित्व ३८ प्रतिशतले वृद्धि भएको छ । आजको कारोबारमा खबर छापिएको छ ।