
काठमाडौं, ६ जेठ - इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् ।
यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपनि १२ औ खेलमा मात्रै उनले डेब्युु गर्ने मौका पाए | साथै उनले जसरी बलिङ गरे त्यसले विश्व क्रिकेटमा अमिट छाप छाडेका छन् ।