२० असार २०८३, शनिबार

गाउँपालिकाका अध्यक्षको क्रसर बन्दपछि उपाध्यक्षको घर घेराउ

गाउँपालिकाका अध्यक्षको क्रसर बन्दपछि उपाध्यक्षको घर घेराउ

विराटनगर, ६ जेठ– मोरङको केरावारी स्थित खदम खोलामा भइरहेको अवैध उत्खनन् रोकिएपछि गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी भुजेलको घर घेराउ भएको छ ।

अनियन्त्रित रुपमा नदीजन्य पदार्थको दोहन गरिरहेका क्रसर व्यवसायी र टिप्पर व्यवसायीको उक्सहटमा शनिवार ट्याक्टर व्यवसायीले उपाध्यक्ष भुजेललाई धम्की दिँदै घर घेराउ गरेका बताइएको छ । 

परिमाण भन्दा ३ गुणाबढी ढुङ्गा गिटी उत्खनन् गरेको बिरोधमा रहेकी भुजेलकै अगुवाइमा अवैध  उत्खनन् रोकिएको थियो । गाउँपालिकाका अध्यक्ष रोहित कार्कीसहित केहीको लगानी रहेको क्रसर उद्योगले जथाभावी उत्खनन् गरेपछि भुजेलले अध्यक्ष कार्कीलाई खोलाबाट उत्खनन् नरोकिए प्रतिवाद गर्ने चेतावनी दिएकी थिइन् । 

उपाध्यक्षले खोलाबाट भइरहेको दोहन रोक्न आफैंले अग्रसरता देखाएपछि बाध्य भएर कार्कीले ठेकेदार कम्पनीलाई उत्खनन् रोक्न शुक्रवार नै पत्र लेखेका थिए । भुजेलकै कारण अवैध उत्खनन्को सूचना सार्वजनिक भएको र खोलामा उत्खनन् बन्द भएको भन्दै क्रसर संचालक रहेका अध्यक्ष र वडा अध्यक्षहरू उपाध्यक्षविरुद्ध उत्रिएका हुन । 

उनीहरू उपाध्यक्षसँग पछिल्ला दिनमा रुष्ट छन्  । उनीहरूकै उक्साहटमा उपाध्यक्षको घर घेराउ भएको हो । उपाध्यक्षको घर घेराउ भएको सूचना पाएपछि पुगेको सशस्त्र प्रहरी बलले घेराउ गर्नेहरूलाई त्यहाँबाट हटाएको थियो । 

मापदण्ड पुरा नगरी खुलेका क्रसर उद्योगहरूका कारण जथाभावी उत्खनन् गरेर स्थानीय क्षेत्रमा वातावरणीय असर पुगेको भन्दै स्थानीयले बिरोध गर्दै आए पनि अध्यक्ष कार्कीको आफ्नै क्रसर उद्योग रहेकाले मौन बसेका थिए । त्यस बारेमा विभिन्न संचारमाध्याममा समाचार आएपछि  जिल्ला प्रशासन कार्यालयले छानविन समिति गठन गरेको छ । 

खोला उत्खनन्मा रोक लगाएपछि क्रसर उद्योगहरूबाट परिचालन हुँदै आएका ट्याक्टर र टिप्परले काम पाएका छैनन् । यसैकारण पनि उनीहरू उपाध्यक्षसँग आक्रोशित भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्