
चितवन, ६ जेठ– नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । बिहान खसेको पहिरो हटाइएपछि यातायात सुचारु भएको हो ।
पहिरो हटेपछि अहिले दुई तर्फी नै गाडी गुड्न थालेका छन् । बिहान ५ बजेतिर खसेको पहिरो केहीबेर अघि हटाइएको प्रहरीले जनाएको छ ।
बिहान कालीखोला नजिकै रहेको टोपे खोलामा पहिरो खसेको हो ।