
काठमाडौं, ६ जेठ– एफए कपको उपाधी चेल्सीले उचालेको छ । गएराति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले उपाधि उचालेको हो ।
यो हारसँगै म्यानचेस्टर यस सिजनमा उपाधीविहीन भएको छ । खेलको २२ औं मिनेटमा पाएको पेनाल्टीलाई इडान हाजार्डले गोलमा परिणत गरे । त्यही गोल नै उपाधिको लागि निर्णायक बन्यो ।
म्यानचेस्टर युनाइटेडका लागि एलेक्सिस सान्चेजले गरेको गोल अफसाइड भएकाले मान्यता पाएन । रेफ्री माइकल ओलिभरले भीएआरको प्रयोग गरी गोलको मान्यता नदिने निर्णय लिएका थिए ।
म्यानचेस्टरले चेल्सीको पोस्टमा केही उत्कृष्ट प्रहार गरे पनि गोल रक्षकले बचाउ गरेका थिए ।