३० जेठ २०८३, शनिबार

‘क्रान्ति’को तयारीमा विप्लव नेतृत्वको नेकपा

जेठ ६, २०७५
‘क्रान्ति’को तयारीमा विप्लव नेतृत्वको नेकपा

काठमाडौँ, ६ जेठ- मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट असन्तुष्ट हुँदै ८ मंसिर, ०७१ मा नेत्रविक्रम चन्द विप्लव अलग भए । उनीनिकट कार्यकर्ताको ११–१४ मंसिरसम्म चितवनमा भएको राष्ट्रिय भेलाले नेकपा माओवादी गठन ग-यो । १ फागुन, ०७३ मा रोल्पामा भएको सातौँ महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी गठन भयो । नेकपाले स्थानीय तह, प्रदेश, प्रतिनिधिसभा निर्वाचन बहिष्कार ग-यो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई मुद्दा बनाई आन्दोलन अघि बढिरहेको नेकपा केन्द्रीय सदस्य गुणराज लोहनीको भनाइ छ । संगठनलाई व्यवस्थित बनाउँदै भ्रष्टाचार र तस्करलाई समाजबाट बहिष्कार गर्ने तयारी भइरहेको उनले बताए । मुद्दा मिल्ने पार्टीसँग सहकार्य एकता गर्दै जाने पार्टीको नीति भएको लोहनीको भनाइ छ, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्